f Bhetghat Restaurant 

Signature DIsh

There is no sincerer love than the love of food!

Our History

We're cooking delecious foods since 1988

Founder

!!चितवनको तास मुलुक भर खास!!

चितवन नारायणगढ ‘भेटघाट’ रेष्टुरेन्टका प्रोप्राइटर “गोविन्द प्रसाद तिवारी” उनै हुन जसले हरेक नेपालीको जन-जिब्रोमा झुण्डिएको “तास” , खसिको मासुबाट बनेको एक उत्कृष्ट खाजारुपी परिकार नेपालीहरु तथा विश्व माझ परिचित गराए। २५ वटा भन्दा धेरै घरायसी मर-मसलाको समिश्रणबाट यस खाजा, नेपालीहरु मात्र नभएर देशी-बिदेशीहरु माझ समेत चर्चित रहेको कुरा, संसारका विभिन्न तारे होटल तथा रेष्टुरेन्टको मेनुमा अटाएको कुराले पुष्टि गर्छ। त्यसैले त आज उनलाई ‘तास’ खाजारुपि परिकारको “जन्मदाता” समेत भनिन्छ।

तिवारी उनै हुन जसले जागिर खाएर आफ्नो भविष्य सुनौलो बनाउँछु भनि बि.स २०३५ सालमा कास्की बाट चितवन शहरमा आउनुभएका थिए। आफ्नो लागि नयाँ परिवेश तथा नयाँ ठाँउमा बल्लतल्ल “चितवन कोई” मा सानो काम पाएका थिए। त्यसै कामको सिलसिलामा उनको भेट पवित्रा देवी तिवारी संग भयो जुन अन्तत् बैवाहिक बन्धनमा बाँधिन पुग्यो। बैवाहिक जीवनको सुरुवाट संगै विभिन्न आरोह-अवरोह पार गर्दै जाँदा पहिलो सन्तानको रुपमा छोरी निभा तिवारीको जन्म भयो। छोरी निभाको जन्म भए लगतै पवित्रा देवी अत्यन्त बिरामी हुनुभयो र स्वदेश तथा बिदेशका विभिन्न अस्पतालहरुमा उपचार गराउँदा गराउँदै आर्जित सम्पति सकिएर ठूलो ऋणको भारमा समेत पर्नु भयो।

उपचारको सफलता पछि पवित्रा देवीको सल्लाह बमोजिम ‘जागिर भन्दा व्यापार-व्यवसाय मा राम्रो आय-आर्जन गर्न सकिन्छ’ भन्ने सुझाव अनुसार बि.स २०४४ साल बैशाख १६ गते चितवनको नारायणगढमा ‘भेटघाट’ रेष्टुरेन्टको औपचारिक सुरुवात भयो। एक बर्ष सम्मको अथक प्रयास र निरन्तर मेहेनतबाट नयाँ स्वादको परिकार “तास” ग्राहक माझ ल्याउनु भयो। आफुले घरेलु रुपमा तयार गरेको मसला मासुमा मिसाई फ्राई गर्दा वास्ना र स्वादको समेत प्रशंसा भएकोले सो तासको चर्चाले चितवन वरपरको जिल्ला लगायत देश भरिका ग्राहकहरुले रेष्टुरेन्ट भरिभराऊ हुनथाल्यो। दिनानुदिन रेष्टुरेन्ट व्यवसायले फड्को मार्दै गयो र आर्थिक अवस्थामा पनि सुधार हुँदै गयो। फलस्वरुप आफ्नो सन्तानहरुलाई उच्च शिक्षा-दिक्षा दिन सफल हुनुभयो। ठूली छोरी निभा र कान्छा छोरा मनोजलाई डाक्टर बनाउन सफल हुनुभयो भने ठूलो छोरा महेशलाई एम्.बी.ऐ गराउन सफल हुनुभयो। सोही अनुरुप ठूलो छोरा महेशले बुवा-आमाले संचालन गर्नुभएको रेष्टुरेन्ट पेशालाई अँगालेर यस व्यवसायलाई अझै नयाँ उचाई दिन लाग्नु भएको छ।

बि.स २०६९ असोज १ गते देखि काठमाण्डौको अनामनगरमा शाखा विस्तार गरि व्यवसायलाई अगाडी बढाउँदै आउनु भएको छ। प्रत्यक्ष रुपमा ८०|८५ जना कामदारहरुले रोजगार प्राप्त गरेका छन। हालमा आएर व्यवसायले देश-बिदेशमा समेत चर्चा पाएको छ र समाजले एउटा नयाँ स्वाद “तास” पाएको छ। तासको जन्मदाताका परिवेश बनाएका गोविन्द प्रसाद तिवारीलाई विभिन्न संघ-संस्थाहरुले समेत तासको जन्मदाताका रुपमा सम्मानित गरेका छन।

Convert above History Into English

Food Menu

There is no sincere love than the love of food!

Meet the team

team img

Chairman

Govinda Prasad Tiwari

Chairman of Bhetghat Restaurant.

team img

Managing Director

Mahesh Tiwari

Managing Director of Bhetghat Restaurant.

Awards and Rewards

There is no sincerer love than the love of food!

Video

Reservation

Reserve your table & enjoy our hospitality

Fill the form for table reservation (all fields required)

* Reservation is only for Kathmandu Branch

Bhetghat welcomes you for Breakfast, Lunch and Supper with variety of our special cuisines.

Hours

Breakfast

Sun to Sat: 8:30 AM - 11:30 AM

Lunch

Sun to Sat 10:00 AM - 02:30 PM

Dinner

Sun to Sat: 6:00 PM - 9:00 PM

Contacts

Kathmandu Branch Contacts

Directions

Email: bhetghatmahesh@gmail.com

Phone: +977-01-4222716

Anamnagar, Hanumansthan

Head Office Contacts

Directions

Email: bhetghatmahesh@gmail.com

Phone: +977-056-522703

Narayangadh, Chitwan